तपाईँ सुन्दै हुनुहुन्छः

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अन्तिम चरणमा

 
 
रुपन्देही । भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आगामी ३० डिसेम्बर २०१९ सम्म निर्माण सकेर जनवरीदेखि नियमित उडान थाल्ने लक्ष्यका साथ तिब्रगतिमा काम भैरहेको विमानस्थललाई काठमाडौ पछिको बैकल्पीक अन्तराष्ट्रिय विमानस्थल भनिएको छ ।
 
जुन विमानस्थल पर्यटन वर्ष २०२० मा खुल्ने आयोजनाले जनाएको छ । कुल ६ अर्व ८२ करोड रुपैयाँको लागतमा निर्माण भैरहेको राष्ट्रिय गौरवको यो बिमानस्थलको हाल ८२ प्रतिशत काम सम्पन्न भएको छ ।
 
बिमानस्थल आयोजनाका अनुसार हालसम्म ३ हजार मिटर लामो धावनमार्ग, जहाज पार्किङ्ग गर्ने एप्रोन, सव वे, ट्याक्सी वे लगाएतका संरचना निर्माण पुरा भएको छ । यसैगरि मुख्य टर्मिनल भवन, टर्मिनल टावर, ट्याक्सी पार्किङ्ग लगाएतका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख ईञ्जिनीयर प्रबेश अधिकारीले बताउनुभयको छ।
 
अधिकारीका अनुसार आगामी डिसेम्बर ३० सम्म बिमानस्थल निमार्णको सबै काम सकिने छ । जनवरीदेखि यो विमानस्थलबाट सोझै अन्तराष्ट्रिय उडान तथा अवतरण सुरु हुनेछ ।
 
प्रदेश सरकारले यही विमानस्थललाई लक्षीत गरि लुम्बिनी भ्रमण बर्ष २०७६ समेत घोषणा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button