तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वसभासद् राईको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले पूर्वसभासद् छियामा राईको निधनमा शोक प्रस्ताव पारित गरेको छ । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित राईको ७७ वर्षका उमेरमा यही भदौ १० गते निधन भएको थियो । राईको निधनमा सभामुख कृष्णबहादुर महराले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
मस्तिष्काघातको उपचारका क्रममा पूर्वसभासद् राईको सुमेरु अस्पतालमा निधन भएको हो । उहाँको निधनमा बैठकले शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै बैठकले पूर्वसभासद् राईको परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते अपराह्न १ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button