तपाईँ सुन्दै हुनुहुन्छः

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । हिजो प्रतितोला ७१ हजार ७ सय रुपैयामा  कारोबार भएको छापावाल सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर प्रतितोला ७१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन पनि घटेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाले घटेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button