तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेसको राष्ट्रिय जागरण आजबाट शुरू

काठमाडौं । नेपाली कांग्रेसकोे दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट शुरू भएको छ ।कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १ सय ६औँ जन्मजयन्तीको अवसरमा देशभरि एकै पटक जागरण अभियान सुरु गर्न लागिएको हो । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षारोपण गर्दै कांग्रेसले एकसाथ अभियान सुरु गरिने जनाएको छ ।

अभियान भदौ २४ गते सुरु भई असोज ७ सम्म चल्ने छ । जागरण अभियान अन्तर्गत पहिलो दिन ७७ जिल्लाका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षरोपण गरिँदैछ ।

प्रत्येक निर्वाचन क्षेत्रमा एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपिने कांग्रेसले जनाएको छ । जागरण अभियानका लागि कांग्रेसले यसअघि नै दुईवटा सूची जारी गरी सातवटै प्रदेशमा प्रतिनिधिहरू खटाइसकेको छ । प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button