तपाईँ सुन्दै हुनुहुन्छः

छुवाछुत सामाजिक कलंक : मेयर चौधरी

इटहरी – इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले छुवाछुत सामाजिक कलंक भएकाले यसलाई हटाउन सवै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

इटहरी उपमहानगर वडा नम्वर ४ ले आयोजना गरेको सहभोज कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले छुवाछुत,भेदभाव जस्तो सडेगलेको सोच सुन्दर समाज भित्रको कलंक भएकाले त्यस्तो सोच हटाउनुपर्नेमा जोड दिनुभयो ।

संविधानसभाकी सभासद अनिता परियारले जातीय छुवाछुत जस्तो जघन्य अपराध हटाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताउनुभयो । उहाँले त्यस्तो कुप्रथा हटाउन सवै एकजुट हुन आग्रह गर्नुभयो । इटहरी ४ का वडाध्यक्ष चन्द्र भटटराईले छुवाछुत जस्तो कुप्रथा हटाएर सदभाव र भाइचारा अभिवृद्धि गर्न सहभोज कार्यक्रम आयोजना गरिएको वताउनुभयो । अभियानकर्मी डिवि शाह शंकरले छुवाछुत मनोरोग भएकाले यस्तो रोग हटाउन सामाजिक अभियान अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

इटहरी १७ का वडाध्यक्ष भगवान लाल शाहले छुवाछुत समाजलेनै सृजना गरेकाले समाजलेनै हटाउनुपर्छ भन्नुभयो । नागरिक समाजका इटहरीका अध्यक्ष दिनेश रसाइलीले इटहरीमै पनि अझै दलित समूदायका एक ब्यक्तिले कोठा नपाएर समस्यामा परेको वास्तविकता सुनाउनुभयो । उहाँले नागपञ्चमीको दिन अरु घरमा टास्दैआएर आफनो घर भने छुटाएको भन्दै दु ख ब्यक्त गर्नुभयो ।

मनकामना मन्दिर इटहरीमा आयोजित सहभोज कार्यक्रमको अध्यक्षता इटहरी ४ की दलित महिला सदस्य पार्वता वराइलीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button