तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीका अगुवालाई उत्पादनका क्षेत्रमा लगानी विस्तार गर्न मन्त्री अर्यालको आग्रह

काठमाडौँ – सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीका अगुवालाई उत्पादनका क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गर्नुभएको छ ।

नेपाल सहकारी पत्रकार समाजको नवौँ वार्षिक स्थापना दिवसमा अवसरमा अयोजित कार्यक्रममा सहकारी तथा गरीबी निवारणमन्त्री अर्यालले एक पालिका एक कृषि फार्म स्थापना गर्ने काममा लगानी गर्न सहकारी अगुवाहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री अर्यालले स्याङ्जाबाट तीन हजार कागतीका बिरुवा रोपेर एक पालिक एक कृषि फार्मको अवधारणा अघि सारिएकोे स्मरण पनि गराउनुभयो ।

कार्यक्रममा सहकारी राष्ट्रिय महासङ्घका अध्यक्ष केशव बडालले सहकारी ऐन २०७४ को संशोधन अपरिहार्य भएको बताउनुभयो ।

हाल देशमा ३५ हजार सहकारी संस्था रहेका छन्भने ती संस्थासँग कूल पूँजी सात खर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button