तपाईँ सुन्दै हुनुहुन्छः

मोफसलमा हुने फुटबल प्रतियोगिताका लागि एन्फाको नियमावली

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा सञ्चालन हुने फुटबल प्रतियोगिताका लागि प्रतियोगिता नियमावली लागू गरेको छ ।
काठमाडौं बाहिर सञ्चालन हुदै आएका प्रतियोगितालाई व्यवस्थित गर्न नियमावली जारी गरेको एन्फाले जनाएको छ ।

एन्फाको पछिल्लो फुटबल नियमावलीमा मोफसलका गोल्डकपलाई तीन श्रेणीमा विभाजन गरिएको छ । एन्फाले सहभागी हुने टिम, पुरस्कार राशी र व्यवस्थापनलाई आधार बनाएर गोल्डकपलाई तीन तहमा विभाजन गरेको मोफसल फुटवल प्रतियोगिता नियमन नियमावली २०७६ मा उल्लेख छ ।

नियमावली मा क र ख वर्गको प्रतियोगितका लागि १० टिम अनिवार्य गरिएको छ । त्यसमा ६ ए डिभिजन सहभागी हुनु अनिवार्य छ । ग श्रेणीको गोल्डकपमा ८ टिम अनिवार्य र ४ ए डिभिजन क्लब हुनुपर्ने उल्लेख गरिएको छ ।
प्रतियोगिता सञ्चालन गर्न क वर्गको प्रतियोगिताले २० हजार, ख वर्गले १५ हजार र ग वर्गले १० हजार रुपैयाँ शुल्क एन्फामा बुझाउनुपर्ने व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button