आज हरितालिका तीज, शिवालयमा भक्तजनको घुइँचो (तस्विरसहित)
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हिन्दू नारीहरुको महान चाड हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ ।

पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् ।हरितालिका पर्व तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा आज भक्तजनले आधा घण्टामै दर्शन गर्न पाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ /
दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका आज राति लाम नसकिएसम्म खुला गरिने जनाइएको छ ।
तस्विरःगुगल /सामाजिक सन्जाल
प्रतिक्रिया राख्नुहोस्