तपाईँ सुन्दै हुनुहुन्छः

सुडान घोटालाका दोषी भारती पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सुडान घोटालाका दोषी शम्भु भारतीलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज बिहान ललितपुरको भैँसेपाटीबाट भारतीलाई पक्राउ गरेको हो ।

राष्ट्र सङ्घीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला प्रकरणमा २०७४ वैशाख १७ गते विशेष अदालतले भारतीलाई दोषी ठहर गरेको थियो ।

अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले विशेष अदालतबाट दोषी ठहर भएपछि फरार रहेका भारतीलाई पक्राउ गरेको जानकारी दिदै फैसला कार्यान्वयनका लागि आजै अदालतमा पेश गरेको जानकारी दिनुभयो ।

अदालतले सुडान घोटालाको मुद्दामा तत्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरी सजाँय समेत गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button