तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाबाट दुई विधेयक स्वीकृत

तुलसी सापकोटा, काठमाण्डौ । राष्ट्रिय सभाको आजको बैठकले भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्रस्तुत गर्नु भएको भूमी सम्बन्धी आठौं संशोधन विधेयक २०७५ र वन तथा वातावराण मन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नु भएको बन विधेयक २०७५ माथि विचार गरियोस प्रस्ताव सर्वसम्मतीले स्विकृत गरेको छ ।

बैठकले प्रहरी समायोजन विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय विधेयक २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बैठकमा सेफगाडर््स, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ्ग विधेयक २०७५ टेवुल गरिएको छ ।

बैठकमा राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको प्रशासकीय अदालत विधेयक२०७६ लाई प्रतिनिधि सभाको बैठकबाट सम्बन्धित समितिको प्रतिवेदन सहित पारित भएको जानकारी गराइएको थियो ।

यस अघि बैठकको शुरुमा सांसदहरुले प्रदेश नम्बर दुईलाई वाढी ग्रस्त क्षेत्र घोषणा गरी राहत र पुर्नस्थापनाको प्याकेज पुरयाउन, कर्णाली प्रदेशको विकासका लागि जोड दिने र संविधानको मर्म अनुसार समाज परिवर्तन गर्ने गरी अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button