तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न सक्षम छ : महानिरीक्षक खनाल

ठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न सक्षम रहेको बताएका छन् ।

नेपाल प्रहरी श्रीमती संघको ३५ औं वार्षिकोत्सवको आज काठमाडौमा उद्घाटन गर्दै उनले आफुलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका हुन ।

महानिरीक्षक खनालले प्रहरी र नागरिकको साझेदारीबाट समाजमा रहेका विकृति हटाउन सकिने भएकाले सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

विपद् व्यवस्थापन र मानवीय सेवामा नेपाल प्रहरी श्रीमती संघको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

महानिरीक्षक खनालले ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनताको शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा काम गर्न पनि संघलाई आग्रह गरे ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले प्रहरी परिवारका बालबालिका, महिला र विभिन्न कारण दुःखमा परेका प्रहरीका परिवारको सहयोगमा काम गरिरहेको जानकारी दिइन ।

कार्यक्रममा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button