तपाईँ सुन्दै हुनुहुन्छः

मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय फुटबल टोलीको घोषणा

अजय बम । कप्तान विराज महर्जन, गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द विना अर्को महिना मलेसियाको सुपर लिग च्याम्पियन टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

विश्व कप छनोटको तयारीमा रहेको नेपालले दुई खेल अघि भदौ ९ गते मलेसियाली जोहार दारुल टा जिम एफसीसँग खेल्ने तय भइसकोे छ ।

त्यसपछि नेपालले विश्व कप छनोटको पहिलो खेल भदौ १९ गते कुवेत र २४ गते चाइनिज ताइपेसँग खेल्नेछ ।

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जोहान कालिनले कप्तान विराज, नम्बर एक गोलकिपर किरण र रोहित विना नै टोलीको घोषणा गर्नुभएको छ ।

किरण यति बेला जापान भ्रणणमा छन् । त्यस्तै रोहित इन्डोनेसियामा व्यवासायिक फुटबल खेलिरहेका छन् ।

२३ सदस्यीय टोलीको गोलकिपरमा विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ छन् ।

माल्दिभ्सबाट यसै साता नेपाल आएका फरवार्ड विमल घर्तीमगर पनि टोलीमा रहेका छन् । माल्दिभ्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका विमल पहिलोपटक कालिनको प्रशिक्षणमा खेल्न लागेका हुन् ।

यस्तै अनुभवी फरवार्ड भरत खवासले पनि वैदेशिक आर्मी प्रशिक्षणमा रहेका कारण टोलीमा स्थान बनाउन सकेनन् ।

कालिनले दोस्रो चरणमा रहेका ३१ जनाबाट मलेसियन क्लबसँगको मैत्रीपूर्ण खेलको लागि २३ सदस्यीय टोली घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button