तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बिहीबार बस्दै छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठक बिहीबार अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको छ ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि मंगलबार र बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

नेकपामा स्कूल विभागमा टुंगो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वेदुराम भुसालसहित आठ जनाको दावी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button