तपाईँ सुन्दै हुनुहुन्छः

अन्ततः सन्दीपलाई अमेरिकाको भिसा प्राप्त

अजय बम । यारेवियन प्रिमियर लिग खेल्ने तयारीमा रहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले अमेरीकाको भिसा पाएका छन ।

सिपीएल खेल्न जानका लागि सन्दिपले मंगलबार विहान अमेरीकी दुताबासमा अन्तवार्ता दिएका थिए । तर उनलाई कुनै कारण विना नै भिसाको लागि अस्विकृत गरेको थियो । त्यसपछि उनले आफ्नो असन्तुष्टी सोसियल मिडियामा पोखेका थिए ।

२० वर्षिय सन्दीपले प्रधानमन्त्री केपी शर्मा वली र अमेरिकी दुतावासलाइ मेन्सन गर्दै अमेरिकाले भिसा नदिएको उल्लेख गरेका हुन् । आफुले सन २०१६ देखि विश्वका विभिन्न लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको र एउटा राष्ट्रिय खेलाडीलाई अमेरिकाले भिसा नदिएकोमा अचम्म लागेको उल्लेख गरेका थिए ।

भर्खरै क्यानडामा ग्लोबल टि–ट्वान्टी खेलेर फर्किएका सन्दीप अर्को वैदेशिक लिग खेल्न जान लागेका हुन् ।

तर, पछि दूताबासले बोलाएर भिसा दिएको हो । केही असमझदारीका कारण उनलाई पहिलो पटक रिजेक्ट गरेको स्रोतले बतायो ।

उनले आफुलाई भिसा नदिएको ट्वीटरमा राखेपछि दुतावासको तीव्र आलोचना भएको थियो । भिसा पाएपछि सन्दीपले सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button