तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् सन्दीपले आफ्नो भिसाको अनुरोध अस्वीकृत भएको जानकारी दिएका छन् ।आउँदै गरेको सीपीएल क्रिकेट २०१९ मा भाग लिन अमेरिका जान लागेका सन्दीपलाई साेमबार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।सन्दीपले एक ट्वीट गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको बताएका छन् ।‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button