तपाईँ सुन्दै हुनुहुन्छः

मृत्युपछि स्थानीयले जलाए एक्साभेटर

धादिङ। गजुरी गाउँपालिका वडा-६, दरिङ्गाल खोलामा एक्साभेटरले बनाएको खाडलमा डुबेर दुई जनाको  मृत्यु भएको छ। खोलामा बालुवा झिक्न बनाएको पोखरीमा डुबेर गजुरी गाउँपालिका वडा-६, ठुलिफाट दरिङ्गाल खोलामा शनिबार बिहान १० बजे उनीहरूको ज्यान गएको हो।

सुमन तामाङ (२२) र भीम तामाङ (१८) खोलामा डुबेरे ज्यान गएपछि आक्रोशित स्थानीयले खोलामा रहेको तीनवटा स्काभेटरमा आगजनी गरेका हुन्। मृतक दुवैकाे गजुरी गाउँपालिका-७, किराञ्चाेकका स्थानीय हुन् ।

खोलामा डोजर लगाउन नपाउने भन्दै स्थानीयको आन्दोलनपछि प्रशासनले कडाइ गरे पनि राति अवैध रूपमा एक्साभेटर लगाउने गरिएको थियो। स्थानीयले अरू एक्साभेटरमा पनि तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button