तपाईँ सुन्दै हुनुहुन्छः

सन्दिपको दुई विकेट खेर गयो, उनको टिम एलिमिनेटरबाट बाहिरियो

काठमाडौं, २४ साउन । क्यानडामा जारी ग्लोबल टि–२० खेल अन्तर्गत शुक्रबार भएको खेलमा सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स एलिमिनेटरबाट बाहिरिएको छ ।

खराब प्रकाशका कारण खेल १७.१ ओभरमा रोकिएपछि विनिपेग हक्सले डीएल पद्दतिका आधारमा टोरन्टोलाई २ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको टोरन्टोले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३८ रनको विशाल योगफल खडा गरेको थियो ।

यसका लागि हेनरिक क्लासेनले शतक प्रहार गरे । क्लासेनले ४९ बलमा ११ चौका र ५ छक्कासहित १ सय ६ रनमा नटआउट रहे । ओपनर रोड्रीगो थोमसले ४० बलमा ७ चौका र ५ छक्कासहित ७३ रन बनाए ।

विनिपेगको लागि जेपी ड्युमिनीले सर्वाधिक ८५ रनको योगदान दिए । उनले ४१ बलको सामना गर्दै ८ चौका र ५ छक्का प्रहार गरे । सन्नी सोहालले २९ बलमा ३६ रन जोडे ।

कप्तान रियाद एम्रितले १५ बलमा नटआउट ३३ रन जोडे । उनले २ चौका र ३ छक्का प्रहार गरे । क्रिस लिनले २१ रन जोड्दा अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।

यस जितसँगै हक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा भान्कुभर नाइट्सले ब्राम्प्टन वल्भ्सलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button