तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पको पूर्व सूचना दिने ‘सेन्सर’ जडान

नवीन गिरी, नेपालगञ्ज । बाँकेको कोहलपुर र बैजनाथ गाउँपालिकामा नेपालमै पहिलो पटक भूकम्पको पूर्व सूचना दिने ‘सेन्सर’ जडान गरिएको छ ।

नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसीडीआर) ताइवानको सहयोगमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा ६–६ वटा सेन्सर जडान गरिएको हो ।

एनसीडीआर, ताइवानका निर्देशक डा. होङ चेङले सेन्सरले भूकम्प जानु भन्दा ५० सेकेन्ड अघि नै सूचना दिने बताउनुभयो ।

तीन महिना लगाएर सेन्सर जडान गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button