तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व सूचना तथा संचार राज्यमन्त्री बिष्टलाई अचानक ह्दयघात,बुद्ध एयरको जहाज भैरहवामा आकस्मिक अवतरण

काठमाडौं – पूर्वमन्त्री तप्तबहादुर बिष्टलाई हृदयघात भएपछि नेपालगन्जबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भैरहवामा आकस्मिक अवतरण भएको छ । बिष्टलाई दिउसो ३ वेजेर १० मिनेटमा ह्दयघात भएको हो । बुद्धएयरद्धारा नेपालगञ्जबाट काठमाण्डौको लागि टेक अफ गरेका उनको अचानक ह्दष्घात भएको परिवारले जनाएको छ । उनलाई ४ बजेर ४५ मिनेटमा भैरहवामा आकस्मिक अवतरण गरि उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएको थियो ।

बिष्टले केही समयअघि मात्र न्युरोसम्बन्धी अप्रेशन गरेका थिए । त्यही कारणले उनको स्वास्थ्यमा समस्या आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

अहिले उनको मुटुको चाल सामान्य रहेको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।

२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा बिष्ट सुर्खेत क्षेत्र नम्बर ३ बाट बिजयी भएका थिए । उनी शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारमा सञ्चार राज्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button