तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा तीन गम्भिर घाइते

सल्यान-सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भिर घाइते भएका छन् । बुधबार राती जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका वडा न सल्लीबजारबाट बालुवासंग्रही जाँदै गरेको लु ७ प २३२४ न मोटरसाइकल बन्गाड कुपिन्डे नगरपालिका वडा न १ अम्रा नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार बन्गाड कुपिन्डे नगरपालिका वडा न ११ का १८ वर्षिय जीवन कंवर, शोही ठाउँकै १८ वर्षकै दिनेश थापा र गुर्भाकोट नगरपालिका वडा न ७ सुर्खेतका २७ वर्षिय खिम बुढा गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।
घाइते तीनै जनाको स्थानीय एक पोलिक्लिकमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button