तपाईँ सुन्दै हुनुहुन्छः

‘कर्मचारीको वृत्ति विकासको अवसर सुनिश्चित गर्न सरकार सचेत’

केशव ढुंगाना । उप–प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले निजामती कर्मचारीको वृत्ति विकासको अवसर सुनिश्चित गर्न सरकार सचेत रहेको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठनले आज काठमाडौमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले मन्त्री पोखरेलले संघीयता कार्यान्वयन तथा कर्मचारी समायोजनका क्रममा कानूनहरू निर्माण गर्दा कर्मचारीको हक, अधिकार तथा वृत्ति विकासको अवसर सुनिश्चित गर्न सरकारले विशेष ध्यान दिएको स्पष्ट पार्नुभयो ।

उहाँले सरकारका नीति तथा निर्णय प्रति कुनै असन्तुष्टि भए प्रचलित विधि र प्रकृया भित्रैवाट आफ्ना मागहरू राख्न र समस्याको समाधन खोज्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button