तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्य प्राप्त हुने गरी काम गर्न सञ्चारमन्त्रीको आग्रह

केशव ढुंगाना । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसार बाँस्कोटाले सरकारले राखेका लक्ष्य प्राप्त हुने गरी काम गर्न राष्ट्रसेवक कर्मचारी एवं अन्य जिम्मेवार निकायहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाल टेलिभिजनले आज सिंहदरबारमा आयोजना गरेको दिर्घसेवा पदक तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री बाँस्कोटाले वर्तमान सरकार गठन भएपछि विकास निर्माणका योजना नीति तथा कार्यक्रमहरूले समेत स्थायित्व प्राप्त गरेको उल्लेख गर्नुहुँदै सरकारका लक्ष्य अनुरूप काम गर्न सबैलाई आग्रह गर्नु भयो ।

कुनै मन्त्रालय वा निकायको नेतृत्व परिवर्तन भएपनि नीति, कार्यक्रम र दृष्टिकोणले निरन्तरता पाउने मन्त्री बास्कोटाले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button