तपाईँ सुन्दै हुनुहुन्छः

झापामा १३ अर्ब ६२ करोड राजश्व संकलन

भद्रपुर,झापा । आर्थिक वर्ष २०७५÷०७६ मा झापामा १३ अर्ब ६२ करोडभन्दा बढी राजश्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय झापाका अनुसार जिल्लाको राजश्व संकलन हुने भन्सार, आन्तरिक राजश्व, नापी, प्रशासन, प्रहरी, अध्यागमन, क्वारेन्टाइनलगायतका सरकारी कार्यालयबाट १३ अर्ब ६२ करोड ३५ लाख १२ हजार ४५२ रुपैयाँ राजश्व संकलन भएको छ ।
सबैभन्दा बढी राजश्व भन्सारतर्फ संकलन भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय झापाका प्रमुख लावन्यराज दाहालले जानकारी दिनुभयो । मेची भन्सार कार्यालय काँकडभिट्टाले १० अर्व ४८ करोड ८८ लाख ५ हजार ६६८ रुपैयाँ र भद्रपुर भन्सार कार्यालयले १५ करोड ६१ लाख ८१ हजार ८१ हजार ९४० रुपैयाँ राजश्व संकलन गरेको छ ।
त्यस्तै, आन्तरिक राजश्व कार्यालय भद्रपुरले २ अर्व ३ करोड २५ लाख ५५ हजार ३२५ रुपैयाँ, आन्तरिक राजश्व कार्यालय दमकले ५८ करोड १ लाख १७ हजार १ सय ४२ रुपैयाँ राजश्व संकलन गरेको छ ।
त्यसैगरि, जिल्ला नापी कार्यालय भद्रपुरले ६८ लाख ८ हजार ८९७ रुपैयाँ र नापी कार्यालय दमकले ३८ लाख ७७ हजार १७५ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय भद्रपुरले ६ करोड ५६ लाख ५१ हजार ३८४, इलाका प्रशासन कार्यालय दमकले २ करोड ९३ हजार ८०० र इलाका प्रशासन कार्यालय गौरीगञ्जले ७० लाख ८४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरि जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले ४ करोड ३ लाख ८० हजार, जिल्ला अध्यागमन कार्यालय काँकडभिट्टाले १ करोड २२ लाख ९३ हजार ७३२ रुपैयाँ, क्वारेन्टाइन कार्यालयले ९ लाख ४५ हजार ८०० रुपैयाँ, कोष तथा लेखा नियन्त्रक कार्यालयले १३ करोड ३२ लाख ३९ हजार ३५५ रुपैयाँ, झापा अदालतले ३ करोड १० लाख ८ हजार ६६५ रुपैयाँ, शिक्षा विकास तथा समन्वय इकाई भद्रपुरले २ करोड १४ लाख ३८ हजार ७२० रुपैयाँ, रतुवामाई वृक्षारोपण आयोजना दमकले १ करोड ४४ लाख ४२ हजार ४३९ रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।

जिल्ला हुलाक कार्यालय भद्रपुरले ७७ लाख १४० रुपैयाँ, इलाका हुलाक कार्यालय दमकले १८ लाख ४० हजार ६८ रुपैयाँ, जिल्ला समन्वय समिति झापाले १२ लाख ९९ हजार ४४२ रुपैयाँ, गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरले १२ लाख ५४ हजार ९७५ रुपैयाँ, खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले ११ लाख २८ हजार, डिभिजन वन कार्यालय भद्रपुरले १० लाख २७ हजार १०१ रुपैयाँ, सघन सहरी तथा भवन निर्माण आयोजनाले ५१ लाख १८ हजार राजश्व संकलन गरेको जनाएको छ ।
यो राजश्वमा मालपोत कार्यालयको राजश्व संकलन समावेश नगरिएको जनाउँदै कोलेनिका प्रमुख दाहालले मालपोतको राजश्व प्रदेश सरकार र स्थानीय तहलमा बाँडफाँड हुने भएकोले समावेश नगरिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button