तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस सभापति देउवाद्धारा महोत्तरीको बाढी प्रभावित क्षेत्रको निरीक्षण

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महोत्तरीको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा सभापति देउवाले बाढी र डुवान प्रभावितको राहत तथा उद्धारमा लाग्न सबैसँग अपिल गर्नुभएको छ । महोत्तरीका बाढी तथा डुवान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एबम् पीडितहरुको अवस्था बुझ्न बर्दिवास आइपुग्नु भएका सभापति देउवाले आफ्नै पार्टीका कार्यकत्र्तालाइ सम्बोधन गर्दै यस्तो अपिल गर्नुभएको हो ।

कार्यकर्ता भेटघाटको क्रममा उहाँले अहिले बिपत्तीको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत उद्धारमा जुट्न् आग्रह गर्नुहुँदै सरकारले समेत बाढी प्रभावित क्षेत्रमा प्रभावितहरुको लागि छिटो छरितो काम गर्नुपर्ने बताउनुभयो । बाढी प्रभावित क्षेत्रको निरीक्षण पश्चात सरकार संग समेत आफूले भेटघाट गरी प्रभावित क्षेत्रको अवस्थाको बारेमा अवगत गराउने उहाँले बताउनुभयो ।

आपूm बिपद क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएकाले अहिले राजनीतिक कुराबारे जिज्ञासा नराख्न पार्टी कार्यकत्र्ता र सञ्चारकर्मीलाइ देउवाले पहिले नै आग्रह गर्नुभएको थियो । सभापति देउवाको निरीक्षण टोलीमा नेकाका केन्द्रीय सदस्यहरु रामकृष्ण यादब , आनन्दप्रसाद ढुङ्गाना र पार्टी जिल्ला सभापति महेन्द्रकुमार रायसहितका नेताहरु सम्मिलित हुनुहुन्छ ।

सभापति देउवाको आज बाढी र डुवानबाट अतिप्रभावित औरही नगरपालिकाको श्रीपुर, पिपरा गाउँपालिका र जिल्ला सदरमुकाम जलेश्वर पुग्ने कार्यक्रम रहेको नेका महोत्तरीका सभापति महेन्द्रकुमार रायले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button