तपाईँ सुन्दै हुनुहुन्छः

मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली आजदेखि लागू

काठमाण्डौ। सरकारले प्रबिधिमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली बुधबारदेखि लागू गरेको छ । राजश्व अनुसन्धान विभागले व्यबसायिक प्रयोजनका माल सामानको संक्षिप्त विवरण इन्ट्री गरेर मात्र मालसामान ओसार–पसार गर्नुपर्ने प्रणाली लागू गरेको हो ।
सो अनुगमन प्रणालीको काठमाण्डौंमा शुभारम्भ गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले औपचारिक, पारदर्शी र बैध व्यबसायलाई प्रवद्र्धन गर्न प्रविधिमा आधारित मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली सुरु गरिएको बताउनुभयो ।
उहाँले,

cy{dGqL 8f= vltj8f dGtJo JoSt ub{}
sf7df8f}F, ! ;fpg -/f;;_ M k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/df a’waf/ dfnj:t’ tyf 9’jfgL ;fwgsf] cg’udg k|0ffnLsf] z’ef/De kl5 dGtJo JoSt ub{} cy{dGqL 8f o’j/fh vltj8f . t:jL/ M gjLg kf}8]n
बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले आजैबाट लागु भएको प्रणालीमा केही व्यबहारिक कठिनाई भए त्यसलाई सहज बनाउन सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ढुवानी अनुगमन प्रणाली लागु गर्ने कार्यले सरकारको सुशासनको अभियानमा सघाउ पुग्ने बताउनुभयो ।
उहाँले ढुवानी प्रणाली लागु भएपछि आउने व्यबहारिक कठिनाई हटाउन प्रदेश स्तरमा अभिमुखीकरण कार्यक्रम चलाउन सुझाव दिनुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले मालवस्तु ढुवानीलाई व्यबस्थित गर्दै राजश्वका ढाँटहरु हट्ने पक्ष सकारात्मक भएपनि केही व्यबहारिक कठिनाई रहेको बताउनुभयो ।
नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले ढुवानी अनुगमन प्रणाली स्वागतयोग्य रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button