तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ का मन्त्रीहरुले १ महिनाको तलव राहतका लागि दिने

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नंं २ सरकारका सवै मन्त्रीहरुले १ महिनाको तलव राहतका लागि प्रदान गर्ने भएका छन् ।

प्रदेश मन्त्री परिषद्को आज बसेको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब मुख्यमन्त्री देखि राज्यमन्त्रीसम्म सवैले मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

साथै वैठकले साउन १ गते देखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री तथा प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन आग्रह पनि गरेको छ ।

बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ ।

प्रदेश सरकारले यस अघि नै बाढीबाट मृत्यु हुनेको परिवार लाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण प्रदेश २ मा मत्रै ३२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button