तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा पहिरोले तीन जना पुरिए

भोजपुर-भोजपुरमा पहिरोले पुरिएर तीन जना हराएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डब राजवंशीका अनुसार भोजपुरको दक्षिण रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५ मानेभञ्ज्याङमा पहिरोले आमा सहित २ छोरा हराएका हुन ।

भान्सामा रहेका बेला उनीहरूलाई पहिरोले पुरेको हुन सक्ने निरीक्षक राजवंशीले बताए । कुमार राईकी ३५ बर्षिय श्रीमती मनकुमारी राई, १७ बर्षका छोरा शिबकुमार राई र १५ बर्षका शक्ति कुमार राई पहिरोबाट हराएको सुचना आए पछि मानेभञ्ज्याङ चौकीबाट सईको कमान्डमा प्रहरीलाई पठाईएको प्रहरी निरीक्षक राजवंशीले बताए । घटनाको बिस्तृत बिवरण भने आउन बाँकि छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button