तपाईँ सुन्दै हुनुहुन्छः

राज्यव्यवस्था समितिमा प्रहरी समायोजन छलफल जारी

काठमाण्डौ । राज्यव्यवस्था तथा सुसाशन समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजन गर्न बनेको विधेयकमा मिल्न बाँकी विषयहरुलाई मिलाएर अन्तिम रुप दिने तर्पm छलफल केन्द्रित गरेको छ ।
समितिले विधेयकमाथिको दफावार छलफल सकेर मिल्न बाँकी रहेका विषयहरुमा समितिमा भएको छलफलका आधारमा अझै प्रस्ट हुने गरी भाषा मिलाउने, अनावश्यक शब्द हटाउने लगायतका काम गरेर प्रतिवेदन तयार पारेर ल्याउने जिम्मेवारी गृह मन्त्रालयलाई दिएको छ ।
समितिको सोमबार विहान बसेको बैठकमा विधेयकमा मिल्न बाँकी दफा ३ को उपदफा ५ मा रहेको प्रदेश प्रहरीमा कायम हुने नेपाल प्रहरीको दरवन्दी, पद, प्रमुख हुने प्रदेश प्रहरीको पद लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button