तपाईँ सुन्दै हुनुहुन्छः

थाइल्याण्डमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना

काठमाडौं । थाइल्याण्डको पर्यटकीय गन्तव्य फुकेतमा शुक्रबार नेपालको संस्कृति तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ ।

व्याङककस्थित नेपाली दूतावासले फुकेतस्थित नेपाली अवैतनिक वाणिज्य दूत र गैरआवासीय नेपाली सङ्घको सहयोगमा गरेको कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत गणेश ढकालले नेपाल–थाइल्याण्ड द्विपक्षीय सहयोगका अवसर र सम्भावना रहेका बताउँदै पर्यटन तथा लगानीका निम्ति नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको जानकारी दिनुभयो ।

ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन, कृषि, खानी तथ खनिजजन्य उद्योगमा प्रविधि हस्तान्तरणसँगै लगानी गर्न थाइ उद्यमी व्यापारीलाई राजदूत ढकालले आग्रह गर्नुभएको व्याङ्ककस्थित नेपाली दूतावासले जनाएको छ ।

थाइ विमान कम्पनीलाई उहाँले धार्मिक पर्यटन प्रवद्र्धनमा लाग्न सुझाउँदै निकट भविष्यमा सञ्चालन हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सम्पर्क कायम गर्न आग्रह पनि गर्नुभयो ।

अवैतनिक वाणिज्यदूत प्रनी साकुलपिपातानाले नेपालका पर्यटकीय गन्तव्यबारे पर्याप्त प्रचारप्रसार गर्न आफ्नो देशका पर्यटन व्यवसायीलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button