तपाईँ सुन्दै हुनुहुन्छः

मौद्रिक नीतिमा बैंकहरुको मर्जरलाई थप प्रोत्साहन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याउने मौद्रिक नीतिमा बैंकहरुको मर्जरलाई थप प्रोत्साहन गर्ने भएको छ ।

मर्जरका लागि दवाव दिने भन्दा पनि विद्यमान ऐन कानूनका आधारमा मर्जरलाई प्रोत्साहन गर्ने र थप सहजिकरण गर्ने राष्ट्र बैंकको नीति रहेको कार्यवाहक गर्भनर चिन्तामणि शिवाकोटीले जानकारी दिनुभयो ।

कार्यवाहक गर्भनर शिवाकोटीले बैंक तथा वित्तिय संस्थाहरुलाई थप मजवुद बनाउन, वित्तीय अनुसाशन कायम गर्न र तरलताको व्यवस्थापनका साथै अन्तराष्ट्रिय संस्थाहरुसंग पनि प्रतिस्पर्धा गर्न सक्ने बनाउनका लागि विग मर्जरलाई प्रोत्साहन गरिएको जानकारी दिनुभयो ।

यही असार १२ गते नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले वाणिज्य बैंकका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाभिनका लागि उपयुक्त सहयात्री खोज्न आग्रह गर्नुभएको थियो । हाल वाणिज्य बैंकको सङ्ख्या २८ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button