तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवि सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले विभिन्न छ वटा पदको लिखित परीक्षाको परिणाममा फेरबदल गरेको ठहर गर्दै सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा सहित १० जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आरोपपत्र दायर गरेका अन्यमा सेवा आयोगका सदस्य चिन्तामणि पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना रहेका छन् ।

यसैगरी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक ताराप्रसाद पौडेल र रामबहादुर पाण्डे क्षेत्रीविरुद्ध आयोगले आरोपपत्र दायर गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइराला, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल र प्राध्यापक गोविन्द ढकाललाई थप सजायँको मागदाबी गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button