तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुंगामा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै

ओखलढुंगा-ओखलढुंगामा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रहरी र नागरिक बीचको सम्बन्धलाई प्रगाढ बनाउन गत वर्षको कार्तिकबाट नेपाल प्रहरीले थालेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

गाउँ गाउँमा पुगेर सरोकारवालासँग समन्वय गर्दै प्रहरीले चेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थानीय सरकारसँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्न थालेपछि यसको प्रभावकारीता अझ बढेको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताउनुभयो ।

जिल्लाका सबै ८ वटै स्थानीय तहका ७५ वटै वडामा करिक ५ सय वटा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम चलाईएको प्रहरी प्रमुख मल्लको भनाई छ ।
प्रहरीले जिल्लाका विभिन्न विद्यालय, सामाजिक संघसंस्था र मानिसहरुको बढी जमघट हुने स्थानमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button