तपाईँ सुन्दै हुनुहुन्छः

एकै परिवारका दुई बालकको मृत्यु

किरण श्रेष्ठ, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ जामुने स्थित इट्टा भट्टाको पोखरीमा डुबेर आज दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कृष्णबहादुर शाहीका छोराहरू ७ वर्षिय सुन्दर शाही र ४ बर्षिय किस्मत शाही रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

विद्यालयबाट घर फर्किदा पोखरीमा पौडी खेल्ने क्रममा बालकहरु डुबेका थिए ।

इटा भट्टा सञ्चालकले खुला रुपमा पोखरी निर्माण गर्ने तर त्यसमा तारबार नगर्दा इटाभट्टाहरु बालबालिकाहरुका लागि जोखिमपूर्ण बन्दै गएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button