तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियाको पर्यटन बिकासका लागि बजारीकरण गर्न आबश्यक

बर्दिया-बर्दिया जिल्लाको पर्यटन बिकासका लागि प्रयापर्यटन बजारीकरण गर्न आबश्यक रहेको बताएका छन् । प्रयापर्यटन बिकास मञ्च बर्दियाले ठाकुरद्धारामा आयोजनन गरेको हप्ता साताब्यापी कार र्यालीको सिकाई अनुभव आदानप्रदान तथा समापन कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
बर्दियाको ठाकुरद्धाराबाट कार र्याली गत जेठ ५ गते देखि एक हप्ता नेपालका बिभिन्न पर्यटकीय क्षेत्रामा गरीएको थियो । उक्त र्याली मार्फत पर्यटकीय क्षेत्रको अबलोकन र त्यहाँका सरोकारवाला निकायहरु संग गरीएको अन्तरक्रियाबाट भएको अनुभवले बर्दिया जिल्लाको पर्यटन बिकासमा ठूलो योगदान पुग्ने कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई रहेको थियो ।

कार्यक्रममा बर्दिया जिल्ला समन्वय समितिका प्रमुख शंकारप्रसाद थारुले पर्यटन बिकासका लागि ठाकुरद्धारा देखि पोखरा सम्म भएको कार र्याली थोरै खर्चमा धेरै उपलब्धि भएको बताउनु भएको छ । पर्यटन बिकासका लागि जिल्ला समन्वय समिति बर्दियाले पुर्ण रुपमा लागि परेको बताउनु भयो । बर्दियाको बिकासको आधार भनेको कृषि र पर्यटन बिकास रहेकोले पर्यटन बिकास तर्फ जोड दिएको बताउनु भएको हो ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले ठाकुरबाबा नगरपालिकाले कृषि, पशु र पर्यटनका लागि गुरु योजना बनाएर नगर अगाडी बढि रहेको बताउनु भएको छ । यस नगरपालिकाको पर्यटन बिकास संग जोडेर कृषि र पशु पालन ब्यबसायमा जोड दिरहेको र बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्धारालाई पर्यटकीय हपको रुपमा बिकास गर्न खोजिरहेकोले हरेक बिकास निर्माणका बाटाहरु ठाकुरद्धारालाई केन्द्र बनाएर काम भईरहेको बताउनु भएको छ ।

कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अरणनाथ बराल, मध्यबर्ती क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष नेत्रराज आर्चायले कार र्यालीले पर्यटन बिकासमा टेवा पुगेको र पर्यटन ब्याबसायिहरुमा पनि उर्जा थपेको बिश्वास ब्यक्त गर्नु भएको छ । बर्दिया जिल्लालाई पर्यटन बर्ष २०७६ को रुपमा मनाउने भनेर गत माघ महिनामा ठाकुरद्धारामा महोत्वको आयोजना गरी घोषणा गरीएको थियो ।

उक्त घोषणा पश्चात कार र्यालीको आयोजना गरीएको हो । उक्त कार र्याली बर्दिया देखि दाङ, बुलवल, पाल्पा, पोखरा, चितवन, लुम्बिनी लगाएको पर्यटकीय क्षेत्रमा पुगेको थियो ।

त्यसैगरी प्रयापर्यटन बिकास मञ्चका अध्यक्ष मोहन लाल चौधरीले पर्यटन बर्ष २०२०को अन्त्यमा बर्दियाको पर्यटन बिकासमा कलम चलाउने उत्कृष्ट छापा, अनलाईन, टिभी र रेडियोका एक एक जना गरी चार जना पत्रकारलाई जनही ५० हजारका दरले पुरस्कार बितरण गर्ने घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button