तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३ सरकारले रु.४८ अर्बको बजेट ल्याउँदै


हेटौडा, असार १ । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्षको बजेट आइतबार प्रदेशसभामा प्रस्तुत गर्दैछ । आइतबार बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक वर्ष ०७६÷०७७ का लागि बजेट प्रस्तुत गर्नुहुने भएको छ । आइतबार साझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत ह्ुनेछ ।
प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि करिब ४८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सभामा प्रस्तुत गर्ने बजेटको सबै तयारी पुरा भएको प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजानमन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो । चालु आर्थिक वर्षमा ३५ अर्ब ६१ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश ३ सरकारले आगामी वर्षका लागि बजेटको आकार बढाएर ल्याउन लागेको हो ।
बजेटको सबै भन्दा ठुलो रकम पूर्बाधारका क्षेत्रमा खर्च गर्न लागिएको छ । जनताका माग, भूगोल, लक्षित क्षेत्र र बर्र्गीय क्षेत्रलाई आधार मानेर बजेट ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button