तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्येक नागरिकलाइ राजनैतिक-सामाजिक रुपमा सशक्त बनाउँछौ:प्रधानमन्त्री ओली

जेनेभा-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक नागरिकलाइ राजनैतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सबै आयामले सशक्त बनाउने विषयलाइ समग्र लोकतन्त्रको रुपमा नेपालले अघि बढाइरहेको बताउनुभएको छ । स्वीटजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनको १०८ औँ सत्र तथा शतवार्षिकी सम्मेलनलाइ सोमवार सम्वोधन गर्नुहँदै प्रधानमन्त्री ओलीले राजनैतिक दलको गठन, निर्वाचन प्रक्रियामा सहभागिता र अभिव्यक्ति स्वतन्त्रताका औपचारिकता भन्दा पनि लोकतन्त्रलाइ समग्रतामा लिइनुपर्ने नेपालको धारणा रहिआएको स्पष्ट गर्नुभयो ।

आर्थिक अधिकार र सामाजिक न्याय बिनाको लोकतन्त्र अधुरो रहने भएकाले नेपालले यसलाइ प्रमुख लक्ष्य बनाएको प्रधानमन्त्रीले विश्व समुदायलाइ अवगत गराउनुभयो । नेपालको प्रजातान्त्रिक संविधान समानता, भेदभाव मुक्त र सामाजिक न्यायका आदर्शमा आधारित रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

श्रम जगतसँग सम्बन्धित नागरिकका आधारभूत अधिकारलाइ कार्यान्वयन गराउन तत्सम्बन्धी कानूनहरु निर्माण गरिएको बताउनुहुँदै प्रधानमन्त्रीले नेपालमा प्रत्येक नागरिकको जीवनमा सामाजिक सुरक्षा प्रणालीलाइ समेटिएको जानकारी दिनुभयो । वाल्यकाल र वृद्धावस्थाका निम्ति राज्यले सामाजिक सुरक्षा लागू गरेको तथा सक्रिय उमेरमा श्रमिकहरुलाइ योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गरिएको बताउनुभयो ।

गतवर्ष नोभेम्बरमा श्रमिक वर्गलाइ लक्ष्य गरि ल्याइएको व्यापक सामाजिक सुरक्षा योजना नेपालकै हालसम्मकै वृहत कार्यक्रमा भएको र यसमा श्रमीक तथा रोजगादरदाता दुबै पक्षको योगदान मार्पmत कार्यान्वयन भइरहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
यो कार्यक्रमले बेरोजगारी, प्रसूति अवस्था, बिरामी, वृद्धावस्था, दूर्घटना, आश्रित परिवारका सदस्य र अपांगताको अवस्थालाइ समेट्ने गरि ल्याइएको प्रधानमन्त्रीले बताउनुभयो ।

विगत २५ वर्षदेखि नेपालले जेष्ठ नागरिकहरुलाइ निवृत्तिभरण तथा एकल महिला र समाजका सबैभन्दा वञ्चितमा परेका समुदायलाइ मासिक भत्ता प्रदान गर्दै आएको जानकारी दिनुभयो ।यसै वर्ष फेब्रुअरीमा नेपालले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रोजगारमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुरु गरेको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

श्रमको सम्मानलाइ सुरक्षित गरि समान कामको मूल्यलाइ समान पारिश्रमिक र श्रमजगतमा लचिलोपनाका लागि नयाँ श्रम कानूनहरुको तर्जूृमा गरिएको जानकारी दिनहुँदै प्रधानमन्त्रीले क्ष्ीइ महासन्धि ८७ र ९८ अनुरुप श्रमिकहरुको सामूहिक अधिकारलाइ सुरक्षित गर्ने टेड युनियन सम्बन्धी कानून रहेको जानकारी दिनुभयो ।

समावेशिता नेपालको महत्वपूर्ण आधारस्वरुप रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले समाजका सबै वर्गको राज्यका अंगहरुमा स्थानका निम्ति विशेष व्यवस्था गरिएको बताउनुभयो । आफ्नो नेतृत्वमा रहेको सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्टिय आकाँक्षा प्राप्तिमा केन्द्रीत रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले समृद्धिका निम्ति शिपयुक्त श्रमिक आवश्यक रहेको र जसले नै समृद्धि र सुख तर्फ लैजाने बताउनुभयो ।
जसअनुरुप सक्षम श्रमिक, समृद्ध नेपाल सुखी नेपालीको रुपमा आफुहरुले लिएको प्रधानमन्त्रीले बताउनुभयो ।

अन्तर्राष्टिय श्रम संगठनको विधान पहिलो विश्वयुद्धको विनास पछिको स्थितिमा तर्जुमा भएको र यसले सामाजिक वार्ता सम्वादका माध्यमले मानवता र शान्तिप्रतिको प्रतिवद्धता दर्शाएको प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।सन् १९१९ मा स्थापना भएको अन्तराष्टिय श्रम संगठनको आजदेखि शुरु १०८ औँ शिखर सम्मेलनमा यसका १८७ सदस्य राष्टका झण्डै छ हजार जनाको प्रतिनिधित्व रहेको छ । सम्मेलनलाइ करीब ४५ देशका सरकार तथा राष्टप्रमुखले सम्वोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button