तपाईँ सुन्दै हुनुहुन्छः

कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसका सबै कार्यकर्तालाई एक भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस ललितपुरले आयोजना गरेको एक महिने राष्ट्रिय जागरण अभियानको आज समापन गर्दै सभापति देउवाले काङ्ग्रेसले मिडिया स्वतन्त्रता, मानवअधिकार लगायत विषयमा जोड दिने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज पाण्डेले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएको महशुस जनताले गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button