तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय एकता र सहिष्णुता आवश्यक:राष्ट्रपति भण्डारी


काठमाडौँ-इस्लाम धर्मावलम्बीको महान् चाड ‘इद उलफित्र’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई शुभकामना दिनुभएको छ ।

राष्ट्रपतिद्वारा आज जारी शुभकामना सन्देशमा सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुुभएको छ ।

राष्ट्रपति भण्डारीले सन्देशमा यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button