तपाईँ सुन्दै हुनुहुन्छः

‘संगठन सुदृढीकरण अभियान अघि बढ्ने’

दुर्गा फुँयाल । नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले नेपाली कांग्रेस भित्र गुट उपगुटको अन्त्य गरी नयाँ सोचका साथ पार्टी तथा संगठन सुदृढीकरण अभियान अघि वढ्ने वताउनु भएको छ ।

सुनसरीको बर्जु गाउँपालिकामा आज आयोजित जनजागरण कार्यक्रममा उपसभापति गच्छदारले मानवअधिकार, प्रेस स्वतन्त्रता तथा प्रजातान्त्रिक मुल्य मान्यताको रक्षाका लागि नेपाली कांग्रेसले कसैसँग सम्झौता नगर्ने वताउनु भएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले सरकारले ल्याएको वजेट जनमुखी नभएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button