तपाईँ सुन्दै हुनुहुन्छः

उत्पीडित समुदायको अभूतपूर्व सहभागिताः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सामाजिक परिवर्तनका आन्दोलनमा उत्पीडित समुदायको अभूतपूर्व सहभागिता रहेको बताउनुभएको छ ।

नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध र अन्य आन्दोलनमा दलित समुदायको उत्साहपूर्ण सहभागिता नभएको भए अहिलेको व्यवस्था सजिलै आउन नसक्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले उत्पीडितहरुले विजय हासिल गर्न अझै बाँकी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सरकारका क्रियाकलाप परिवर्तन संस्थागत गर्ने र दलित लगायत उत्पीडित समुदायको अधिकार स्थापित गर्नेतर्फ केन्द्रीत हुन नसकेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button