तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुनुभइ आज स्वदेश फर्कनु भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि जानुभएका प्रधानमन्त्री ओली  स्वदेश फर्कनु भएको हो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीगण, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ पदाधिकारी, लगायतले स्वागत गर्नु भएको थियो ।

स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच  भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको थियो ।

भेटका अवसरमा उहाँहरुबीच पारस्परिक सम्बन्धलाई गतिशी र सुदृढ तुल्याउन दुबै देशबाट विगतमा भएका प्रयासका साथै समसामयिक विषयमा विचारविमर्श भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार भारत र नेपालको पारस्परिक लाभका लागि सहयोगका सबै क्षेत्रमा साझेदारी अभिवृद्धि गर्दै आपसी सम्बन्धलाई अझ घनीभूत तुल्याउन नियमित रुपमा उच्चस्तरमा हुने भ्रमण महत्वपूर्ण हुनेमा दुवै देशका प्रधानमन्त्रीले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई भारतीय जनता पार्टी तथा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले लोकसभा निर्वाचनमा हासिल गरेको शानदार सफलताका साथै दोस्रो कार्यकालको सफलताको शुभकामना दिनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट बधाई सन्देश सुनाउनुहुँदै नेपालको राजकीय भ्रमणका निम्ति भारतका राष्ट्रपतिलाई आमन्त्रण गर्नुभएको सन्देश पनि प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीमा प्रवाह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका निम्ति गर्नुभएको निमन्त्रणालाई उहाँले सहर्ष स्वीकार गर्नुभएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button