तपाईँ सुन्दै हुनुहुन्छः

केन्द्र, प्रदेश र स्थानिय तहको सहकार्य विना समृद्धि असम्भव:मुख्यमन्त्री राउत

बर्दिवास-प्रदेश नम्बर २ का मुुख्यमन्त्री लालबाबु राउतले केन्द्र, प्रदेश र स्थानिय तहको सहकार्य र समन्वय विना समृद्धिको नाराको कुनै अर्थ नरहेको बताउनु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नम्बर २ जनकपुरद्धारा आज वर्दिवासमा आयोजित प्रदेश समन्वय परिषदको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कृषि, उद्योग र पर्यटजन क्षेत्रको विकास र विस्तारबाट प्रदेश २ को समृद्धि हुने कुरामा जोड दिनुभयो ।

उहाँले प्रदेश तथा स्थानिय तहले गर्ने काम कारवाहीमा नीतिगत समस्यालाई समाधान गर्न तथा योजना व्यवस्थपनमा रणनीति साझेदारी, साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक श्रोत साधनको उपयोग र बाडफाड सम्बन्धी विषयमा प्रदेश र स्थानिय तह विच समन्वय कायम गर्न प्रदेश समन्वय परिषदको वैठक राखिएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर १ का भौतिक योजनातथा पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, उद्योग, वन पर्यटन मन्त्री राम नरेश राय लगायत प्रदेश नम्बर २ का महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, र गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button