तपाईँ सुन्दै हुनुहुन्छः

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अकूत सम्पत्ति जोडेको अभियोगमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निज अर्यालको विसं २०५९ भदौ २३ गते सार्वजनिक सेवामा प्रवेश गरेको अवधिदेखि गत मङ्सिरसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिको तुलना गर्दा निजले अनधिकृतरुपमा चल–अचल सम्पत्ति जोडेको पाइएको अख्तियारले जनाएको छ ।

निज अर्यालको वैध आयको तुलनामा स्रोत नखुलेको दुई करोड छ लाख बराबरको सम्पत्ति देखिएकाले आयोगले निज र निजकी श्रीमती सरिता नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button