तपाईँ सुन्दै हुनुहुन्छः

‘हिमालय पर्यटन सहकार्य’बारे अन्तराष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । नेपालमा पहिलोपटक ‘हिमालय पर्यटन सहकार्य’सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।

अन्तर्राष्ट्रिय हिमालय पर्यटन सहकार्यको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)को सहकार्यमा भोली सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा १० देशका विभिन्न हिमाल क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका १५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने नाट्टाका अध्यक्ष सिएन पाण्डेले जानकारी दिनुभयो ।

सम्मेलनमा नेपालका विभिन्न हिमालका १२० भन्दा बढी तस्वीर प्रदर्शनमा राखिनुका साथै नेपालका विभिन्न पर्यटन संस्थाले नेपालको हिमाल बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button