तपाईँ सुन्दै हुनुहुन्छः

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छः नेता नेपाल

नवीन गिरी, नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक सबैलाई मान्य हुने गरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रेस संगठन बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले विधेयकका बारेमा धेरै नकारात्मक कुराहरु बाहिर आइरहेको भन्दै त्यसमा सबैले अपनत्व महसुुस गर्ने गरी अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले तीव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पूरा गर्न एवं जनताले नयाँ कुराको अनुभूति गर्ने गरी बजेट ल्याइनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button