तपाईँ सुन्दै हुनुहुन्छः

समानुपातिक समावेशी सिद्धान्त पूर्ण रुपमा कार्यन्वयन लैजाने

तुलसी सापकोटा ।

प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धी विधेयकको दफा ९ मा रहेको पदपुर्ति सम्बन्धी विशेष व्यवस्थामाथि परेका संशोधनमाथि दफावार छलफल गरेको छ ।

छलफलमा संशोधन कर्ता सांसदहरुले संविधानको भावना र समानुपातिक समावेशी सिद्धान्तलाई पूर्ण रुपमा कार्यन्वयनमा लैजाने गरी ऐनमा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा सांसदहरुले जनसंख्याको आधारमा समानुपातिक समावेशी व्यवस्था गर्नुपर्ने, समावेशी समुहमा छुट्टाइएका सबै समुहभित्रबाट पनि ३३ प्रतिशत महिलाको समभागिता सुनिश्चित गर्ने, सामाजिक न्यायको सिद्धान्तका आधारमा समानुपातिक समावेशी व्यवस्था लगायतका विषय समेटेर विधेयक समृद्ध बनाउनु पर्ने बताउनु भयो ।

दलितको कोटा ९ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याउनुपर्ने, आर्य र खस फरक प्रकृतिको भएकाले यसलाई छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने, थारु समुदायको समुहलाई उचित प्रतिशत निर्धारण गर्नुपर्ने समावेशी कोटाका लागि छुट्टाइएको ४५ प्रतिशतलाई बढाउनु पर्नेमा सांसदहरुले जोड दिनु भयो ।

अर्थ समितिको वार्षिक प्रतिवेदन पारित
भुवनप्रसाद आचार्य । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकले समितिको वार्षिक प्रतिवेदन २०७६ पारित गरेको छ ।

समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले प्रतिवेदन सुझाव सहित पारित गरेको हो ।

आजको छलफलमा भाग लिदै सांसदहरुले समितिको काम कारवाहीलाई आगामी दिनमा थप प्रभावकारी बनाउनुपर्ने, समितिको निर्देशन सरकारले शीघ्र कार्यान्वयको लागि आवश्यक अनुगमन गर्नुपर्ने, गणपुरक संख्या नपुग्दा पटक पटक बैठक बस्न नसकोले आगामी दिनमा आचारसंहिता र कार्यविधि बनाएर अघि बढनु पर्नेमा जोड दिनु भएको थियो ।

बैठकमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिले केही नयाँ कामको शुरुवात गरेकोले त्यसलाई प्रभावकारी र गतिशील बनाउनुपर्ने बताउनु भयो ।

सांसद घनश्याम भुषालले संसदीय समितिको काम कारवाहीलाई के कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर एक समिति नै गठन गरी अध्ययन आवश्यक भएको बताउनु भयो ।

सभापति कृष्णप्रसाद दाहालले सार्वजनिक खर्च पारदर्शी बनाउन र असार मसान्तमा मात्र खर्च गर्ने प्रवृतिलाई रोक्न सरकार थप उत्तरदायी र जवाफदेही बन्नु आवश्यक भएको बताउनु भयो ।

‘विधेयकमाथि सबै पक्षसँग छलफल गर्ने’
तुलसी सापकोटा । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मानव अधिकार आयोग सम्बन्धी विधेयकमाथि सबै पक्षसँग छलफल गर्ने बताउनु भएको छ ।

आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै सभापति पोखरेलले मानवअधिकार आयोग एउटा स्वायत्त निकाय भएकाले त्यही मर्म अनुसार संविधानमा प्रयोग भएको भाषा र अन्तर्राष्ट्रिय सन्धिअनुसार सबैको सहमतिमा विधेयक अघि बढ्नुपर्ने बताउनु भयो ।

सभापति पोखरेलले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक नयाँ संरचना सहित आएकाले यसमा पनि सरोकारवालाहरुसँग विशेष छलफल गरेर पूर्ण प्रेस स्वतन्त्रतालाई हुने गरी सबैको सहमतिमा ऐन तर्जूमा गर्नुपर्ने बताउनु भयो ।

महिला मन्त्री थापा
भुषण पोखरेल । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपाल बाल संगठनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्राललय अन्तरगत ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसधा, महिला तथा सामाजिक समितिको आजको बैठकमा उहाँले बालबालिकासम्बन्धी ऐन २०७५ प्रभावकारी कार्यान्वयनका लागि विनियमावली ल्याउन लागिएको जानकारी दिनुभयो ।

उहाँले समिति सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै एकीकृत बालगृह सञ्चालन मापदण्ड लागू गरिनुका साथै तीनै तहमा रहने गरी बालअधिकार परिषद्, प्रदेश बालअधिकारी समिति र स्थानीय बालअधिकार समिति गठन गरिने जानकारी दिनुभयो ।

उपाभोग्य बस्तुको उत्पादन र वितरणबारे छलफल
समिरजंग शाह । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरवारमा बसेको बैठकमा स्वदेशी उद्योगहरूको संरक्षण र गुणस्तरहीन दैनिक उपभोग्य वस्तुको उत्पादन र वितरण नियन्त्रणका विषयमा सम्बन्धित सरकारी निकायका पदाधिकारीहरू संग छलफल भएको छ ।

सभापति विमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव तथा उद्योग विभाग र भन्सार विभागका महानिर्देशकहरू उपस्थित हुनुहुन्थ्यो ।

समितिको बैठक सभापति विमल प्रसाद श्रीवास्तवको अध्यक्षतामा वसेको थियो ।

सर्भेयरहरु सम्मानित, भक्सपप
सिर्जना ÷सरिता । सगरमाथाको उचाई मापन गरेर फर्केका सर्भेयरहरुलाई आज सम्मान गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा मन्त्री पद्मा अर्यालले ४ जना सर्भेयरलाई सम्मान गर्नुभएको हो ।

मन्त्री अर्यालले नेपालले पहिलोपटक सगरमाथाको उचाई मापन गर्नु आफैँमा एतिहासिक उपलब्धि भएको बताउनुहुँदै सर्भेयरहरुको त्याग र लगनशीलताको उच्च मूल्याङ्कन हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशीले भूकम्पपछि सगरमाथाको उचाई बढेको वा घटेको भन्ने आधिकारिक तथ्याङ्क पत्ता लगाउनका लागि आफ्नै लगानी र कर्मचारी प्रयोग गरेर सगरमाथाको उचाई मापन गरिएको जानकारी दिनुभयो ।

सगरमाथाको उचाई मापन कार्य सकिसकेको भएतापनि यसको प्राविधिक कामहरु बाँकी रहेकाले आधिकारिक तथ्याङ्क आउन भने करिब ६ महिना लाग्ने नापी विभागले जनाएको छ ।

यसै सन्दर्भमा हामीले सगरमाथाको उचाई मापनको ऐतिहाँसिक काम सफलतापुर्वक सम्पन्न भएकोमा कस्तो महसुश गर्नुभएको छ भनी सगरमाथाको उचाई मापन गरी फर्केका सर्भेयरहरुलाई सोधेका छौं ।
भक्सपप………

दुई एकल महिलाद्वारा सगरमाथा आरोहण
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई एकल महिलाले सफल आरोहण गरेका छन् ।

‘हामी पनि गर्नसक्छौँ’ भन्ने नारासहित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

सगरमाथा आरोहणकै क्रममा पति गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले हिजो बिहान सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

आरोहणका क्रममा ६ जना आरोहीको मृत्यु भएको पनि सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा ३ जना भारतीय र १–१ जना अमेरिकन, अस्ट्रलियन र आइरिस नागरिक रहेका छन् ।

भारतीय नक्कली रुपैयाँ सहित ६ जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नक्कली रुपैयाँ ७ करोड ६७ लाख ९४ हजारसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा आज लगेजभित्र लुकाईछिपाई ल्याएको भारतीय रुपैयाँसहित ३ जना पाकिस्तानी नागरिक र ३ जना नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कतार एयरबाट नक्कली नोट लिएर काठमाडौं आएका पाकिस्तानी नागरिकहरु नासिर उद्दिन, मोहमद अख्तर र नादिया अनवर रहेका छन् ।

त्यस्तै नक्कली भारतीय रुपैयाँ लिन पुगेका ललितपुर उपमहानगरपालिका–१३ बस्ने युनिस अन्सारी र उनका साला रौतहट रमौली बैरिया नगरपालिका–१ बस्ने सुयल खान र गाडी चालक भक्तपुर सूर्यविनायक नगरपालिका–५ बालकोट बस्ने सुदन रानाभाटलाई पक्राउ गरी प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

सर्वेक्षक र लेखापढी व्यवसायी घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु के.सीलाई १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

जग्गा साविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा तीनै जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

‘दुई कम्युनिष्टको एकताबाट राजनीतिक स्थायित्व’
रोहित काफ्ले, झापा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुई कम्युनिष्ट पार्टीको एकताले देशलाई समृद्धिको दिशामा तीव्र रुपमा अघि बढाउने बताउनुभएको छ ।

आज विर्तामोडमा आयोजित कार्यक्रममा बोल्नुुहुदै रक्षामन्त्री पोखरेलले दुई पार्र्टी विचको एकताले देशमा राजनीतिक स्थायित्व कायम हुने बताउनुभयो ।

भारतको चुनावबाट पाठ सिक्न जरुरीः वरिष्ठ नेता नेपाल
नवीन गिरी, नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतको लोकसभा चुनावबाट नेपालका कम्युनिष्ट पार्टीले पाठ सिक्न जरुरी भएको बताउनुभएको छ ।

नेपालगञ्जमा आज नेकपा बाँके जिल्ला कमिटीका सदस्यहरुलाई सपथ ग्रहण गराउँदै वरिष्ठ नेता नेपालले कुनै बेलाको सशक्त र तीन राज्यमा सरकार चलाएको कम्युनिष्ट पार्टी कमजोर हुनुको कारणबारे नेपालका कम्युनिष्ट पार्टीले सिक्न जरुरी रहेको बताउनुभयो ।

उहाँले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको आचरण, व्यवहार, चरित्र र सिद्धान्तमा भ्रष्टीकरण हुन नहुने हरेक तहका सरकार सञ्चालनका लागि पार्टी कमिटीले ध्यान दिनुपर्ने बताउनुभयो ।

सरकारले विधेयक फिर्ता लिनुपर्छः गच्छदार
कुुमोद अधिकारी, विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिनुुपर्ने बताउनुु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकालाई खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा उपसभापति गच्छदारले संसदमा दर्ता गरिएको मिडिया काउन्सिल, सुरक्षापरिषद् र मानवअधिकारसम्बन्धी विधेयकले लोकतान्त्रिक विधि र संघीयता तथा संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने दाबी गर्नुभयो ।

प्रतिपक्षसँग सल्लाह नगरी ल्याएको विधेयक संसदबाट पारित हुन नदिने पनि उहांले जानकारी दिनुभयो ।

काठमाडौं महा–नगरपलिकाका प्रमुख विद्यासुन्दर शाक्य
केशव ÷ विद्या । काठमाडौं महा–नगरपलिकाका प्रमुख विद्यासुन्दर शाक्यले अपराधको प्रवृति फेरिदै गएको हुनाले यसलाई नियन्त्रण गर्न नेपाल प्रहरी र नगरिक समाजबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौं महा–नगरपालिका समुदाय–प्रहरी साझेदारी समितिको आज बसेको बैठकमा महा–नगरपालिकाका प्रमुख शाक्यले हत्या, हिंसा र लुटपाट जस्ता अपराधमा आधुनिक प्रविधिको प्रयोग हुनेक्रम बढेको हुनाले यसलाई नियन्त्रण गर्न प्रहरी र नागरिक समाज बीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा उहाँले महा–नगरपालिकाले नेपाल भ्रमण वर्षसन् २०२० लाई लक्षित गरी काठमाडौलाई सुन्दर र सुरक्षित सहरको रूपमा विकास गर्ने तयारी गरिरहेको र यसका लागि सुरक्षित रात्री वस सेवाको सञ्चालन गर्ने, सडक बालबालिका र मगन्तेहरू व्यवस्थापन गर्ने, चौविसै घण्टा बजार खुल्ला रहने व्यवस्था मिलाउने लगायतको तयारी गरिरहेको जानकारी दिनुभयो ।

ट्रक दुर्घटनाका मृतक सबैको सनाखत
दैलेख । सुर्खेतबाट खाद्यान्न बोकेर दैलेखको ठाँटीकाँध तर्फ जाँदै गरेको मिनिट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

दैलेखको गुराँस गाउँपालिका–१ निगाल झाप्रामा आज भएको मिनिट्रक दुर्घटनामा ठाँटीकाँध गाउँपालिका–६ का जोरबहादुर थापा, धर्म थापा र दीपेन्द्र थापा रहेको प्रहरीले जनाएको छ ।

सडकबाट ३०० मिटर तल खसेको ट्रकमा पेट्रोलको जर्किन राखिएकाले आगलागी समेत भएको जिल्ला प्रहरी कार्यालय दैलेख प्रहरी निरीक्षक प्रेम क्षेत्रीले बताउनु भयो ।

यसैगरी वीरगञ्जबाट काठमाडौँतर्फ आँउदै गरेको जीप मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा आज दुर्घटना हुदाँ एक जनाको मृत्यू भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुुनेमा भारतको मोतीहारी जिल्ला बस्ने ४५ वर्षिय कन्हैया साह रहेका छन् ।

धम्क्याएर पाँच लाख फिरौती माग्ने पक्राउ
काठमाडौँ । अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकका सीताराम कार्कीका छोरालाई अपहरण गरी हत्या गर्ने धम्की दिएर रकम माग गर्ने कैलालीका २४ वर्षीय लोकेन्द्र शाही र २० वर्षीय रुवि ठाकुरलाई हिजो काठमाडौंको गौशालाबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

आर्थिक समाचार जेठ–१०
राजस्व परामर्श समितिद्वारा प्रतिवेशन पेश
काठमाडौं । राजस्व परामर्श समितिले अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ ।

राजस्व सचिव लालशंकर घिमिरे संयोजकत्वको समितिले शुक्रबार अर्थमन्त्री खतिवडा समक्ष आफ्नोख प्रतिवेदन पेश गरेको हो । सरोकारवालासँगको विभिन्न चरणको छलफल र उपसमितिका सुझावपछि समितिले आफ्नो प्रतिवेदन बुझाएको हो ।

अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा राजस्व नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने नीति, कानुन र करका दर तथा संगठन संरचनामा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार भएको जनाइएको छ ।

समितिले सातवटै प्रदेशका विभिन्न सहर र काठमाडौंमा पनि छलफल गरेर प्रतिवेदन तयार गरेको सहसचिव उत्तरकुमार खत्रीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राजस्व प्रणालीको सुधारलाई निरन्तर अघि बढाइने र करको दायरा विस्तारमा सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले समितिले पेश गरेको प्रतिवेदनका सुझावलाई औचित्य पुष्टी हुने गरी बजेटमा सम्बोधन गर्न प्रयास गरिने अर्थमन्त्रीले बताउनु भयो ।

राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीद गर्न सक्ने जनाएको छ ।

उक्त ऋणपत्र धितो राखी कर्जा लिन, दिन समेत पाइनेछ । ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा कर लाग्नेछ । बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन् ।

घटीमा पचास हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा विशेष भाग जाने अङ्कमा खरीद गर्न सकिने बैंकले शुक्रवार एक सूचना प्रकाशित गरी जनाएको छ ।

७९ उद्योगमाथि मुद्दा दायर
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ ।

खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाख सम्म खाद्य ऐन अनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरिएकामा खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, बिस्कुट, चाउचाउ, अचार लगायत खाद्यवस्तु उत्पादन गर्ने उद्योगहरू रहेको उक्त कार्यालयद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यालयप्रमुख सोमकान्त रिजालले जानकारी दिनुभयो ।

एकीकृत जाँच चौकी निर्माणमा ढिलाइ
बाँके । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत जाँच चौकी (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणमा ढिलाइ भइरहेको छ ।

एकीकृत जाँच चौकी निर्माणको प्रक्रिया अघि बढाइएको आठ वर्ष पुगे पनि खासै प्रगति भएको पाइँदैन । आठ वर्षअघि सो क्षेत्रमा जाँच चौकी निर्माणको योजना तयार गरी काम शुरु गरिए पनि जग्गा अधिग्रहण र तारबारबाहेक खासै प्रगति भएको छैन ।

अर्को वर्ष बन्छ भन्दाभन्दै आठ वर्ष बितिसक्यो, यस्तो पाराले बन्ने छाँट नदेखिएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको चिन्ता व्यक्त गर्नु भयो ।

नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा एकीकृत भन्सार जाँज चौकी निर्माणका लागि करीब ९२ बिगाहामा जमीन अधिग्रहण गरिएको छ ।

अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिगाहामा कार्यालय, गोदामलगायतका संरचना निर्माण हुने र २४ बिगाहा जग्गा बाटोका लागि छुट्याइएको सङ्घीय आयोजना कार्यान्वय इकाइ नेपालगञ्जका इञ्जिनियर होमनाथ भुसालले बताउनुभयो ।

अहिले भारत तर्फ भने एकीकृत जाँच चौकीको संरचना निर्माण प्रक्रिया शुरु भएको छ ।

जाँच चौकीमा मालसामान आयात–निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुने गरी डिजाइन गरिएको इञ्जिनियर भुसालले बताउनुभयो ।

प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका जिल्लामा अहिले उद्योग, व्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न यो एकीकृत जाँच चौकी कोशेढुङ्गा साबित हुने विश्वास गरिएको भए पनि निर्माणमा भएको ढिलाईले चिन्ता थपेको व्यवसायीको भनाई छ ।

खेल समाचार जेठ–१०
त्रिभुवन आर्मीको सानदार सुरुवात
अजय बम । तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले सानदार सुरुवात गरेको छ । आर्मीले प्रदेश नं २ लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा आर्मीले प्रदेश २ लाई जितका लागि २७९ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ गरेको प्रदेश २ ले ३१.४ ओभरमा खेलेर १ सय ७ रन मात्र बनाउन सक्यो ।

प्रदेश २ का लागि हरिशंकर साहले २१ रन जोडे भने सुधिर चौधरीले १५ रन बनाए सांसद शेखले १६ रन बटुल्दा सुजल पटेलले ११ रन र रासिद खानले नटआउट १४ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङमा आर्मीका साहब अलामले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट लिए । जितेन्द्र मुखियाको नाममा २ विकेट रह्यो । त्यसअघि आर्मीले ५० ओभर पूरै खेल्दै ९ विकेटको क्षतिमा २७८ रनको योगफल बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीका लागि राजु रिजाल र कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले । शुरुआती ब्याटम्यान राजुले ९० रन जोडे ।

यसैगरी रोहित पौडेलले ४७, हरी चौहानले २६, सुशन भारीले १२ तथा करण केसीले ११ रनको योगदान दिए ।

बलिङमा प्रदेश २ का हरिशंकर साह एक्लैले ३ विकेट लिए भने राशिद खान, विवेक यादव र विशाल सुसलिङले समान १–१ विकेट लिए ।

शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको उदटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच गर्नु भएको थियो ।

दोस्रो खेल एपिएफ र प्रदेश ३ बीच खेल हुनेछ । पिच निर्माण नसकिएपछि मुलपानी मैदानमा पर्सीदेखि खेल हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ ।

जसमा समूह ए मा एपिएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी रहेका छन् ।

समूह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् ।

प्रतियोगिताको विजेताले रु २० लाख र उपविजेताले १० लाख प्र

प्रतिक्रिया राख्नुहोस्

Back to top button