तपाईँ सुन्दै हुनुहुन्छः

जेठभित्र एकीकरण सकिन्छः वरिष्ठ नेता खनाल

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ महिनाभित्रै पार्टीका सबै एकीकरण सकिने बताउनुभएको छ ।

इलाममा आज आयोजित कार्यक्रममा नेता खनालले पार्टीको तल्लो तहसम्म एकीकरण गर्न धेरै समय लागेकाले अब तदारुकताका साथ एकीकरणको काम भइरहेको बताउनुभयो ।

नेता खनालले एकै विचार र एकै पृष्ठभूमि भएका जोसुकैसँग पनि पार्टी एकता हुन सक्ने भएकाले एकीकरणको कार्य नटुङ्गिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button