तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको पहिलो वर्ष आधार वर्षः वरिष्ठ नेता खनाल

रोहित काफ्ले, झापा । नेपाल कम्युष्टि पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकार सुखी नेपाली, समृद्ध नेपालको कार्यभार पुरा गर्ने गरी अगाडि बढेको बताउनु भएको छ ।

आज झापाको विर्तामोडमा प्रेस संगठन, झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकार र पार्टी उपलब्धिको रक्षासँगै चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

नेता खनालले संविधान अनुसार मुलुक नयाँ संरचनामा प्रवेश गरेकोले सरकारको पहिलो वर्ष आधार वर्षको रुपमा सम्पन्न भएको र अवको समयमा सरकारले आर्थिक,सामाजिक रुपान्तरणको प्रक्रिया तीव्रतर गतिमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button