तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाले पोलिटब्यूरो सदस्यको नाम टुङ्गो लगायो

काठाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको स्रोतले जनाएको छ ।

पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः पर्ने गरी बनाइएको छ ।

बैठकले सबै जनवर्गीय सङ्गठनको एकता समेत टुङ्गाएको छ । गत वर्ष जेठ ३ गते नेकपा(एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ ।

यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।

बैठकले बाँकी रहेका सबै जनवर्गीय सङ्गठनको एकताको आज टुङ्गो लगाएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियोको भ्रमणवाट फर्कनुभएपछि आज सचिवालय बैठक बसेको थियो ।

पार्टी एकता भएको अवसरमा नेकपाले भोलि तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button