तपाईँ सुन्दै हुनुहुन्छः

एसिड प्रहार गर्ने पक्राउ

काठमाडौं । एसिड प्रहार गरी युवतीलाई घाइते बनाउने काभ्रे नमोबुद्द नगरपालिका–४ बस्ने ३६ वर्षीय विष्णु भुजेल पक्राउ परेको छन् ।

युवतीलाई एसिड प्रहार गरी मोटर साईकलमा भाग्दै गर्दा भुजेललाई काठमाडौंको काँडाघारी चोकबाट महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

पक्राउ परेका भुजेललाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button